बिहीबार, वैशाख १३, २०८१

४९ जनामा कोरोना, १२ जना डिस्चार्ज

नेपालखोज २०७९ असार ९ गते १७:०८

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार २३४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार २६० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १६३ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १२ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ३४२ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ८५ हजार ६५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया