आज मंगलबार भगवान गणेशको आराधना गर्नुहोस् मनको शान्ति मिल्नेछ ।। आजको राशिफल ।।
तपाईको आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त होला । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । हर्ष र प्रसन्नता छाउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । समाज सेवा र परोपकारका क्षेत्रमा लगानीको समय छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मनमा शान्ति छाउनेछ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । सामाजिक काममा व्यास्त हुने समय रहेको छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया