सोमबार, वैशाख २२, २०८२

२४ घण्टामा विश्वमा थपिए २ लाख ७२ हजारमा कोरोना संक्रमित

नेपालखोज २०७७ असोज ६ गते ७:१७

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ७२ हजार ५८५ जनाा कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा केही कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ३ लाख ३ हजार ८०० मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विश्वमा हालसम्म ९ लाख ५९ हजार ११६ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ४ हजार ६९८ संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या ३ करोड ९ लाख ४९ हजार ८०४ पुगेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया