इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको सानदार जित
नेपालखोज
२०७७ असोज ६ गते ९:११
एजेन्सी । सोमबार राति इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा सिटीले वुल्भसलाई ३–१ गोलले पराजित गरेको हो ।
उक्त खेलको २० औं मिनेटमा सिटीका केभिन डि ब्रुइनोले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३२ औं मिनेटमा सिटीकै फिल फोडेनले गोल गरी अग्रता लोब्बर बनाए । त्यसपछि खेलको ७८ औँ मिनेटमा वुल्भ्सका राउल जिमिनेजले एक गोल फर्काए ।
त्यसपछि खेलको अन्तिम समयमा सिटीका ग्याब्रियल जिसुसले गोल गरि टिमलाई जित दिलाए । जितसँगै सिटीले पहिलो खेलबाट तीन अंक जोडेको छ भने वुल्भ्स दुई खेलबाट तीन अंक जोडेको छ ।
सम्बन्धित
प्रतिक्रिया