आइतबार, वैशाख ७, २०८२

ओखलढुंगामा करेन्ट लागेर वडाध्यक्षको मृत्यु

नेपालखोज २०७७ असोज ६ गते १०:४०

ओखलढुंगा । माप्य दूधकोशी गाउँपालिका–५ सोलुखुम्बुका वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर आज मृत्यु भएको छ।

सदरमुकाम सल्लेरीस्थित आफ्नै घरमा निर्माण सामग्री सार्दा हाइटेन्सन लाइनमा छोइएर वडाध्यक्ष तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।

उनलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको हो ।

प्रतिक्रिया