एमालेमा फर्किए नेकपा एसका पूर्वसांसद गोपाल बम
नेपालखोज
२०८० मंसिर ४ गते १२:०४

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम एमालेमा फर्किएका छन् । सोमवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनी एमालेमा फर्किएका हुन् ।
२०७४ मा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बम एमाले विभाजनताका माधव नेपाल पक्षमा लागेका थिए । एमाले विभाजनमा सनाखत गर्ने माधव नेपालका २३ सांसदमध्ये उनी पनि एक थिए ।
सम्बन्धित
प्रतिक्रिया