शुक्रबार, वैशाख १४, २०८१

उपत्यकामा लुटपाट गर्ने महिलासँगै खरिद गर्ने पसले पनि पक्राउ

नेपालखोज २०७७ असोज ७ गते १४:३६

काठमाडौं। उपत्यकाको विभिन्न स्थानहरुमा बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने महिला पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार लुुटपाटमा संलग्न म्याग्दी जिल्ला घर भई हाल काठमाडौंको बालाजुमा डेरा गरी बस्ने ३२ बर्षिय संगिता क्षेत्रीलाई मंगलबार काठमाडौंको गोर्कणेश्वर माकलबारीबाट पक्राउ गरिएको हो । पक्राउ परेकी ति महिलालाई प्रहरीले आज बुुधवार सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार लुटपाटमा संलग्न ति महिलाले उपत्यकाका बिभिन्न स्थानहरुमा बालबालिकाको कानको मुन्द्रा लुटपाट गरेको देखिएको छ । यसको लागि ति महिलाले बालबालिकाहरुलाई चकलेट र आईसक्रिम दिई आमाको साथी हुँ भनी ललाई-फकाई, प्रलोभनमा पारी, डरत्रास देखाई कानको मुन्द्रा लुटपाट गर्ने गरेको परिसरले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौंरका अनुसार हालसम्म ति महिलाले २२ स्थानमा वालवालिकाको मुन्द्रा लुटी फरार भएको देखिएको छ । पक्राउ परेकी क्षेत्रीको साथबाट नगद छ सय ८० रुपैयाँ र एक थान नोकिया मोवाईल बरामद गरिएको प्रवक्ता राठौंरले बताएका छन् ।

लुटिएको मुद्रा खरिद गर्ने बिक पनि पक्राउ
यसैबिच प्रहरीले बालबालिकाको लुुटिएको मुन्द्रा खरिद गर्ने मुुरली बिकलाई पनि पक्राउ गरेको छ । काभ्रेको रोसी नगरपालिका घर भई हाल ललितपुरको सौगल बस्ने बिकले बालबालिकाको लुुटिएकको मुुन्द्रा लुटपाटमा संलग्न संगिता क्षेत्रीबाट खरिद गर्ने गरेको आधारमामा बिकलाईलाई पक्राउ गरिएको परिसरले जानकारी दिएको छ ।

परिसरका प्रवक्ता सोमेन्द्र सिंह राठौंरका अनुसार बिकले आफ्नै सुन चाँदी पसल मार्फत लुटिएका र बिना बिलका सुनहरु सस्तोमा खरीद गर्ने र स्वरुप परिवर्तन गरी विक्री गर्ने गरेको देखिएको छ । उनले ललितपुरको कनिवहालमा दर्ता नगरेको सुन पसल संचालन गर्ने गरेको समेत प्रवक्ता राठौंरले बताएका छन् । प्रवक्ता राठौंरका अनुसार बिकलाई पनि मंगलबार ललितपुरको कनिवहालमा रहेको आफ्नै उनको आफ्नै सुनचाँदी पसलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका बिकको साथबाट चुुंंडिएको सुनको सिक्री एक थान, गालेको सुन अंन्दाजी ६१ लाल, नगद ३० हजार पाँच सय रुपैयाँ, इएएइ कम्पनीको मोबाईल थान एक थान र सिम थान एक थान बरामद गरेको छ ।

हालसम्म २२ स्थानका बालबालिकाको मुन्द्रा लुटपाट
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ता सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेकी संगिता क्षेत्रीले हालसम्म काठमाडौंका २२ स्थानका बालकालिकाहरुको मुुन्द्रा लुुटपाट गरेको देखिएको छ । उनले तारकेश्वर न.पा. १० मनमैजु, का.जि.कपन, का.जि का.म.न.पा.२६ कपुरधारा, का.जि.का.म.न.पा. २६ गल्कोपाखा, का.जि. नागार्जुन न.पा. १० स्युचाटार, का.जि.कोटेश्वर, का.जि.गोठाटार, का.म.न.पा. ६ पानी ट्याङ्की, का.म.न.पा. ६ माहांकाल ओरालो, का.जि.आरुबारी बौद्ध, का.जि.शिवचोक, नारायणटार, का.जि.कपन मिलन चोकका बालबालिकाहरुको मुुन्द्रा लुटपाट गरेको देखिएको छ ।

हालसम्म मुुन्द्रा लुटिएका बालबालिकाका २० जना अभिभावकहरु समन्वय गर्न महानगरीय प्रहरी वृत बौद्धमा पुुगेका प्रवक्ता राठौरका बताए ।

प्रतिक्रिया