शुक्रबार, चैत १६, २०८०

बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा खाताबिचको खाडल उच्च

नेपालखोज २०७७ असोज ७ गते १५:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले विभिन्न सभा समारोहहरुमा संधैजसो दोहोर्‍याउने शब्द भनेको समावेशीरुपमा बित्तीय पहुंच बिस्तार हो । यसको लागि राष्ट्र बैंकले विभिन्न स्वदेशी तथा विदेशी संस्थाहरुसँग मिलेर बित्तीय पहुंच बिस्तार सम्वन्धी जनचेतना बिस्तारको अभियान समेत सञ्चालन गर्‍यो । तर नेपाल राष्ट्र बैंकका अधिकारीहरुले भन्ने गरेको बित्तीय पहुंच बिस्तार र समावेशिता खाली निक्षेप संकलनमा मात्र देखिने गरेको पुुष्टि स्वंम नेपाल राष्ट्र बैंकको विभिन्न तथ्यांकहरुबाट देखिएका छन् ।

नेपालको कुुल जनसंख्या अहिले झण्डै ३ करोडको हाराहारीमा रहेको छ । राष्ट्र बैकको तथ्यांकलाई नै आधार मान्ने हो भने चालुु आर्थिक बर्षको साउन मसान्तसम्ममा लघुुबित्त वित्तीय संस्था बाहेकका २६ वटा विकास बैंक, क्षेत्रिय तथा राष्ट्रिय स्तरका समेत गरी २० वटा विकास बैंक र २१ वटा फाईनान्स कम्पनीहरुमा तीन करोड २४ लाख ५४ हजार दुई सय ४ वटा निक्षेप खाता सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका यि खाताहरु भनेको आजको दिनमा नेपालको कुुल जनसंख्या भन्दा पनि बढी हो । यसलाई मात्र आधार मान्ने हो भने पनि नेपालको सत् प्रतिशत जनतामा वित्तीय पहुच पुगेको मान्न सकिन्छ । तर कर्जाको प्रवाहमा भने यस्तो अवस्था छैन ।

अहिले कुुल कर्जा खाताको संख्या जम्मा १५ लाख ४४ हजार ५९ रहेको छ । निक्षेप खाताको तुुलनामा कर्जा खाता निकै नै कम हो । बैंक तथा फाईनान्स कम्पनीहरुले चालुु आर्थिक बर्षको साउन मसान्तसम्ममा कुुल ३ करोड २४ लाख ५४ हजार २ सय ४ वटा निक्षेप खाता मार्फत ३९ खर्ब ३४ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअवधिमा बैंकहरुले जम्मा १५ लाख ४४ हजार ५९ कर्जा खाता मार्फत ३२ खर्ब ५४ अर्ब दुुई करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो तथ्यांकलाई आधार मान्ने हो भने नेपाली बैंकिङ क्षेत्रमा निक्षेप र कर्जाको पहुंच बिस्तारमा निकै नै ठुुलो खाडल रहेको देखिन्छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार २६ वटा बाँणिज्य बैंकहरुले मात्र चालुु आवको साउन मसान्तसम्ममा २ करोड ७७ लाख २४ हजार निक्षेप खाता मार्फत ३४ खर्ब ८० अर्ब ६९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गर्दा ११ लाख ९६ हजार दुई सय ८९ वटा कर्जा खाता मार्फत २८ खर्ब ८६ अर्ब ४० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरुले भने ४० लाख ७५ हजार ३ सय १० वटा निक्षेप खाता मार्पmत ३ खर्ब ६४ अर्ब २० करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गर्दा ३ लाख २ हजार ४ सय ४१ वटा कर्जा खाता मार्फत २ खर्ब ९२ अर्ब ७७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी फाईनान्सतर्फ भने चालुु आवको साउन मसान्तसम्ममा ६ लाख ५४ हजार १ सय ३० वटा निक्षेप खाता मार्फत ८९ अर्ब ८७ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गर्दा ४५ हजार ३ सय २९ वटा कर्जा खाता मार्फत ७४ अर्ब ८५ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

 

प्रतिक्रिया