शुक्रबार, चैत १६, २०८०

प्रेरक प्रसंग : मूल्य र महत्व

नेपालखोज २०७७ असोज ८ गते ६:३०

काठमाडौं । एका देशमा बाबू छोरा थिए । एक दिनको कुरा हो । आफ्नो मृत्यू अगाडि बाबुले छोरालाई बोलाएर हातमा लगाएको घडी फुकालेर दिंदै भने “यो २०० वर्ष पुरानो हो । यो घडी तिम्रो हजुरबुवाले परलोक जानु अगाडि मलाई दिनुभएको थियो । यो तिमीलाई दिनु अगाडि पहिले घडी मर्मत गर्ने ठाउँमा जाऊ र यसको मूल्य सोधेर आऊ ।”

एक छिन पछि छोरो फर्केर आयो र निरास हुँदै भन्यो, “यसलाई त पचास रुपैयाँ मात्र पर्ने रहेछ किनकि यो निक्कै पुरानो रहेछ ।” त्यसो भए तिमी कफी सपमा सोधेर आऊ । छोरा एकछिन पछि फर्केर आएर भन्यो, “त्यहाँ पनि पचास रुपैयाँ मात्र दिने रहेछन ।”

त्यसो भए तिमी संग्रहालय जाऊ र यसको मूल्य सोधेर आऊ । एक छिन पछि छोरो दङ्ग पर्दै आएर भन्यो,” त्यहाँ त यस घडीको मूल्य दश लाख रुपैयाँ पर्ने रहेछ ।”

बाबुले घडी छोराको हातमा राख्दै भने “बाबु, सबैले सबै कुराको महत्व बुझ्न सक्दैनन् । त्यसैले तिमी पनि त्यस्तो ठाउँ र त्यस्ता मानिसका बीचमा मात्र बस जसले तिम्रो मूल्य र महत्व बुझ्न सक्दछन् ।” स्रोत- सामाजिक संजाल

प्रतिक्रिया