शनिबार, वैशाख १५, २०८१

बिहीबार ५.७४ अंक बढ्यो शेयर बजार, २ अर्ब २३ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ असोज ८ गते १६:०३

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार ५ दशमलव ७४ अंक बढेर १ हजार ५६१ दशमलव २७ विन्दुमा पुगेको छ । बुधबारदेखि शेयर बजार उकालो लाग्न थालेको हो । बुधबार ९ दशमलव ३७ अंक बढेर १ हजार ५५५ दशमलव ५२ विन्दुमा बन्द भएको थियो ।

बिहीबार परिसूचकसँगै बुधवारको तुलनामा कारोबार रकममा पनि बृद्धि देखिएको छ । बुधबार १९४ कम्पनीको १ अर्ब ७२ करोड ७८ लाख २१ हजार रूपैयाँ बराबरको ५८ लाख ६२ हजार ६१७ कित्ता शेयर खरिद विक्री भएको थियो । बिहीबार भने १९३ कम्पनीको २ अर्ब २३ करोड ३४ लाख ८९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बिहीबार यस दिन सर्वाधिक रकमको शेयर कारोबार पहिलोमा अरुण काबेली पावर लिमिटेड र दोस्रोमा अपर तामाकोशीको भएको छ । अरुण कावेली पावरको १४ करोड ७८ लाख ६४ हजार रूपैयाँ र अपर तामाकोशीको ९ करोड ५९ लाख ३६ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यो दिन सर्वाधिक शेयरमूल्य बढ्ने १० कम्पनीभित्र सबै जलविद्युत कम्पनीहरु रहेका छन् । कारोबारको अन्त्यमा बिहीवार अपि पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ७६ प्रतिशतले बढेको छ । त्यस्तै माउण्टेन हाइड्रोको ९ दशमलव ७३ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावर र सिनर्जी पावरको ९ दशमलव ६८ प्रतिशत, दिव्यश्वरी हाइड्रोको ९ दशमलव ६४ प्रतिशत, बरुण हाइड्रोपावर ९ दशमलव ५६ प्रतिशत, अरुण भ्याली हाइड्रोको ९ दशमलव ४४ प्रतिशत, खानीखोला हाइड्रोको ९ दशमलव ४१ प्रतिशत, छ्याङ्दी हाइड्रोको ९ दशमलव ३८ प्रतिशत र युनाइटेड मोदी हाइड्रोको ९ दशमलव ३५ प्रतिशत शेयरमूल्य बढेको छ । यो दिन १६ कम्पनीहरुको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । १६ मध्य १५ कम्पनी जलविद्युत कम्पनीहरु रहेका छन् । यस दिन जलविद्युत वाहेकको एक युनाइटेड फाइनान्स कम्पनीको शेयरमूल्य ९ दशमलव १७ प्रतिशत बढेको छ ।

बिहीबार कारोबारमा आएका १२ समूहमध्य सर्वाधिक व्यापारिक समूहको परिसूचक ६ दशमलव ९५ प्रतिशत बढेको छ । यो दिन बैंकिङ्को शून्य दशमलव शून्य ७ प्रतिशत, होटलको १ दशमलव शून्य १ प्रतिशत, जलविद्युतको ४ दशमलव ४९ प्रतिशत, वित्तको १ दशमलव २९ प्रतिशत र अन्यको शून्य दशमलव ८९ प्रतिशत परिसूचक बढेको छ ।

यस दिन विकास बैंकको शून्य दशमलव शून्य ९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य २ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ४५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक घटेको छ । बिहीबार सर्वाधिक सिटिजन्स म्युचुअल फण्ड–१ को इकाई मूल्य घटेको छ । यस फण्डको इकाईमूल्य २ दशमलव १२ प्रतिशत घटेको हो ।

प्रतिक्रिया