शुक्रबार, वैशाख १४, २०८१

भारी वर्षाका कारण विद्युत माग बिहिबार ३३ लाख युनिटले घट्यो

नेपालखोज २०७७ असोज ८ गते १६:३४

काठमाडौं। देशभर लगातार भारी वर्षा भएपछि विद्युत माग बुधबार थप ३३ लाख युनिटले घटेको छ । आइतबार देशभरको विद्युत माग २७ हजार मेगावाट आवर भन्दा बढी पुगेको थियो । तर हल्का वर्षा सुरु भएपछि सोमबारदेखि माग घटेर २६ हजार मेगावाट आवर, मंगलबार २५ हजार मेगावाट आवर र बुधबार २२ हजार मेगावाट आवरमा सीमित भयो ।

दैनिक १० लाख युनिट हाराहारीमा घटिरहेको विद्युत माग बिहिबार भने ३३ लाख युनिटले घटेको हो । आइतबारको सामान्य समयको तुलनामा अहिले दैनिक विद्युत मागमा ५० लाख युनिटले कमी आइसकेको छ । जसबाट विद्युत प्राधिकरणको दैनिक आम्दानी करिब ५ करोड रुपैयाँले घटिरहेको छ ।

अझै केहि दिन देशभर वर्षा भइरहने मौसम विभागको अनुमान रहेकाले विद्युत माग थप घट्नुका साथै बाढी पहिरोका कारण आपूर्तिमा हुने अवरोध समेत बढ्ने प्राधिकरणको अनुमान छ ।

वर्षा नरोकिएसम्म लाइन मर्मतको काम गर्न नसकिने भएकाले कुनै क्षेत्रमा लाइन बिग्रिएमा लामो समय सम्म पनि आपूर्ति सहज हुन नसक्ने प्राधिकरणको भनाई छ । अहिले विद्युत वितरण प्रणालीमा देशभर साना ठूला दर्जनौ समस्या देखिएका छन् ।

प्रतिक्रिया