मंगलबार, वैशाख ४, २०८१

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निःशुल्क पिसिआर परीक्षण रोक्यो

नेपालखोज २०७७ असोज ८ गते २०:१३

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निशुल्क पिसिआर परीक्षण बन्द गरेको छ । संघीय तथा प्रदेश सरकारले पिसिआर परीक्षणमा आवश्यक किट उपलब्ध नगराएको भन्दै प्रतिष्ठानले निशुल्क पिसिआर परीक्षण बन्द गरेको हो ।

कोरोना परीक्षण गराउन चाहने कर्मचारी तथा अन्य व्यक्तिले अबदेखि दुई हजार शुल्क तिर्नुपर्ने प्रतिष्ठान प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

कोभिड अस्पताल, आइसोलेन र प्रतिष्ठानकै अन्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अति आवश्यक भएमात्र निशुल्क पिसिआर परीक्षण गरिने उनले बताए । यस बाहेक अन्य कर्मचारी तथा बाह्य व्यक्तिले पिसिआर गर्न चाहे न्यूनतम दुई हजार शुल्क तिनुपर्ने प्रतिष्ठानले जनाएको छ ।

संघीय तथा स्थानीय सरकारबाट पिसिआर गर्न आवश्यक किट उपलब्ध नभएसम्म स्थानीय सरकार, संघ, संस्थाबाट समूहगत रुपमा आउने स्वाबको समेत दुई हजार शुल्क लिएर मात्र परीक्षण गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया