शुक्रबार, चैत १६, २०८०

निर्वाचनमा पराजित भए पनि चुपचाप हट्दिनँ : अमेरिकी राष्ट्रपति ट्रम्प

नेपालखोज २०७७ असोज ८ गते २०:३५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने निर्वाचनमा पराजित भए पनि शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको प्रतिबद्धता जनाउन अस्वीकार गरेका छन् ।

उनले अमेरिकामा आगामी निर्वाचनको नतिजा सर्वोच्च अदालतसम्म जाने बताएका छन् । उनले आफूलाई पोस्टल भोटिङमा आशंका रहेको पनि बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण धेरै राज्यहरुले इमेलको माध्यमबाट मतदान गर्नुपर्नेमा जोड दिइरहेका छन् । उनलाई विपक्षी उम्मेदवारसँग हारेको, जितेको वा बराबरी भएको अवस्थामा सत्ता हस्तान्तरण गर्नुहुन्छ ? भनी गरिएको प्रश्नमा उनले भनेका छन्, ‘मैले मतपत्रको विषयलाई लिएर प्रश्न उठाउँदै आएको छु र यो एक समस्या हो ।’

ट्रम्पले मतपत्रबाट छुटकारा पाउन सकिने तर शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण नहुने र यही सरकार निरन्तर रहने बताएका छन् । यसअघि सन् २०१६ मा पनि ट्रम्पले आफूले निर्वाचनको नतिजा स्वीकार गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्न अस्वीकार गरेका थिए ।

ट्रम्पले यो निर्वाचनको नतिजा अदालतमा पुगेर टुङ्गिने सम्भावना बढी रहेकाले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरिनु जरुरी रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया