मंगलबार, वैशाख ११, २०८१

अस्ट्रेलियाका पूर्वब्याट्सम्यान डिन जोन्सको निधन

नेपालखोज २०७७ असोज ८ गते २०:३८

एजेन्सी । अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन जोन्सको हृदयघात (कार्डिक अरेस्ट) का कारण ५९ वर्षको उमेरमा निधन भएको छ । डिन जोन्सको आज मुम्बईमा निधन भएको हो ।

इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करणको दौरान डिन जोन्स मुम्बईमा रहेर कमेन्ट्री गरिरहेका थिए । डिन जोन्स अस्ट्रेलियाका महान् ब्याट्सम्यानमध्ये एक हुन् ।

उनले आफ्नो सानदान करिअरमा कुल ५२ टेस्ट र एक सय ६४ एकदिवसीय खेल खेलेका थिए । डिन जोन्स एक सानदार क्रिकेटरका साथै आफ्नो उम्दा कमेन्ट्रीका लागि पनि चर्चित थिए । कैयौँ अन्तर्राष्ट्रिय खेलमा उनले कमेन्ट्री गरेका छन् ।

प्रतिक्रिया