केपी ओली दिमाग खुस्किएको मान्छे : माधव नेपाल
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताउछन् । समाजवादी प्रेस सङ्गठन नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताए ।
विभिन्न दलबाट मिलेर जानुपर्दछ भनी प्रस्ताव आएको नेपालको दाबी छ । नेपालले भने, ‘यो सहमतिले जनता पनि उत्साहित भएका छन् । चुनावमा जाने कुराका सन्दर्भमा हाम्रो पार्टीले सबैसँग तयार भएर सबै ठाउँका कमिटीलाई निर्देशन पनि दिइसकेको छ । हामीले नाराहरु तयार गरेको छौँ, कामका योजना अगाडि सारेका छौं र कामको जिम्मेवारी प्रदान गरेका छौं । विभिन्न दलबाट मिलेर जानुपर्दछ भनी प्रस्ताव पनि आइरहेको छ ।’
उनले पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको जिकिर गरे । उनले भने, ‘समयको प्रवाह हाम्रो पक्षमा छ र यो देखेर सबै प्रतिगामी दिशामा लागेकाको प्रवृत्ति छताछुल्ल भएको छ ।’
उनले केपी ओली दिमाग खुस्किएको मान्छे भएको आरोप लगाए । उनले ओलीको लाइनमा नलाग्न सबैलाई अनुरोध गरे । उनले ओलीको कुरा हावा भएको दाबी गरे । उनले ओलीको लाइन भ्रष्टचारी लाइन भएको दाबी गरे । उनले ओलीले देशलाई अन्धकारतर्फ धकेल्नेतर्फ अग्रसर भएको आरोप लगाए ।
प्रतिक्रिया