बिहीबार, वैशाख १३, २०८१

कोरोना अपडेट : विश्वभरि निको हुनेको संख्या २ करोड ३९ लाख

नेपालखोज २०७७ असोज ९ गते ७:०२

एजेन्सी । विश्वभरिमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको संख्या २ करोड ३९ लाख नाघेको छ। शुक्रबार बिहान साढे ६ बजेसम्म कुल संक्रमितको संख्या ३ करोड २३ लाख ९४ हजार ८३० जना पुगेकोमा २ करोड ३९ लाख ४ हजार ६८७ जना संक्रमणमुक्त भएका हुन्।

संक्रमितमध्ये हालसम्म ९ लाख ८७ हजार ६६ जनाको मृत्यु भइसकेको छ। कुल संक्रमितमध्ये अब सक्रिय संक्रमितको संख्या ७५ लाख ३ हजार ७७ छ।

जसमध्ये ९९ प्रतिशत अर्थात् ७४ लाख ३९ हजार ७ सय ५९ जनाको स्वास्थ्य अवस्था सामान्य छ भने ६३ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ।

संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ७१ लाख ८४ हजार ८ सय ५४ कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २५ लाख ४६ हजार २ सय ८६ छ। त्यहाँ संक्रमणबाट २ लाख ७ हजार ५ सय १६ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया