शुक्रबार, चैत १६, २०८०

आइपिएल : कमजोर ब्याटिङका कारण बेंग्लोर फराकिलो अन्तरले पराजित

नेपालखोज २०७७ असोज ९ गते ७:२३

एजेन्सी । आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि किंग्स-११ पञ्जावले फराकिलो अन्तरको जित हात पारेको छ। बिहीबार राति भएको खेलमा पञ्जावले ९७ रनको जित निकालेको हो।

पहिले ब्याटिङ गरेको पञ्जावले कप्तान केएल राहुलको शतकमा २० ओभरमा ३ विकेटको क्षतिमा २०६ रन जोड्यो। राहुलले ६९ बलमा १४ चौका र ७ छक्का प्रहार गरे। जारी आइपिएलमा यो पहिलो शतक हो। मंयक अग्रवालले २६ रनको योगदान दिए। बलिङमा बेंग्लोरका शिभम् दुबेले २ विकेट लिए।

२०७ रनको लक्ष्य पछ्याएको बेंग्लोर १७ ओभरमा १०९ रनमै अलआउट भयो। उसका लागि वासिङ्टन सुन्दरले सबैभन्दा बढी ३० रन जोडे। एबी डिभिलियर्सले २८ रन बटुल्दा आरोन फिन्चले २० रन जोडे।

बेंग्लोरका अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा पञ्जावका रवि बिश्नोइ र मुरुगन आश्विनले ३-३ विकेट लिए । आइपिएलमा शुक्रबार दिल्ली क्यापिटल्स र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ।

प्रतिक्रिया