शनिबार, असार ९, २०८१

वाणगङ्गा नगरपालिकाको कोइली खोलाबाट बेपत्ता भएको पौडेलको शव फेला

नेपालखोज २०७७ असोज ९ गते १६:२२

चन्द्रौटा । तीन दिनदेखि बेपत्ता हुनुभएका कृष्ण पौडेलको शव आज फेला परेको छ । बुधबार कपिलवस्तुको वाणगङ्गा नगरपालिका कोइली खोलामा आएको बाढीले विद्युत कार्यालय जितपुरको जीप बगाएको थियो । जीपमा सवार ६ मध्ये ३ जना पौडेर बाँच्न सफल भएका थिए भने २ जनाको यसअघि शव फेला परेको थियो ।

बेपत्ता पौडेलको शव कपिलवस्तु नगरपालिका – ६ सगरहवामा पानीमा तैरिरहेका अवस्थामा भेटिएको जिलला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । मृतक तीनमध्ये बुधबार नै एक जनाको शव भेटिए पनि दुई जना भने बेपत्ता थिए । बिहीबार थप एक जनाको शव भेटिएको थियो । पौडेल नेपाल विद्युत प्राधिकरण फ्युज सेवा जीतपुरका प्रमुख थिए ।

प्रतिक्रिया