अर्घाखाँचीमा भिषण पहिरो : १८ घर बगायो
नेपालखोज
२०७७ असोज ९ गते १९:५६
अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका –१२ मा शुक्रबार दिउँसोदेखि गएको पहिरोमा परी १८ वटा घर बगेका छन्।
दिउँसो साढे १२ बजेदेखि पहिरो गइरहेको र मानवीय क्षेति भने हुन नपाएको वडाध्यक्ष वावुराम गैरेले बताए । ‘गाउँ माथिबाट पहिरो झर्न थालेपछि मान्छे भाग्न सफल भएका छन् ।
अहिलेसम्म १८ वटा घर भत्किएका छन् । त्यहाँका ४२ परिवार भागिसकेका तर केही पशु चौपाय र सम्पत्ति भने जोगाउन नसकिएको वडाध्यक्ष गैरेले बताए ।
पहिरो प्रभावित क्षेत्रमा अहिले नेपाली सेना प्रहरी लगायत पुगेपनि रात परेकाले केही गर्न नसकिएको र विस्थापित परिवारलाई स्थानीय विद्यालयमा बासोबासको व्यवस्थापन गर्ने काम भइरहेको गैरेले बताएका छन्।
सम्बन्धित
प्रतिक्रिया