शुक्रबार, वैशाख १२, २०८२

आईपीएल २०२० : दिल्ली क्यापिटल्ससँग चेन्नई ४४ रनले पराजित

नेपालखोज २०७७ असोज १० गते ७:५०

एजेन्सी । शुक्रबार राति इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा दिल्ली क्यापिटल्सले जित निकालेको छ । यूएईमा सम्पन्न उक्त खेलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले चेन्नईलाई ४४ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले साझेलारी गर्दै क्रमश ३५ रन र ६४ रन बनाए । त्यस्तै ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले पनि ५८ रन बनाए ।

बलिङतर्फ चेन्नईका पिउस चावलाले २ विकेट लिए । १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारीत २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनायो ।

चेन्नईका लागि लागि फाप डु प्लेसिसले ४३ रन, केदार जादवले २६ रन, रवीन्द्र जडेजाले १२ रन र कप्तान महेन्द्रसिंह धोनीले १५ रन जोडेका थिए ।

प्रतिक्रिया