सोमबार, वैशाख १५, २०८२

चीनले नेपाली भूमि मिचेको छैन : गृहमन्त्री थापा

नेपालखोज २०७७ असोज १० गते १५:०६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमि चीनले नमिचेको बताएका छन् । दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर आज सुर्खेत आइपुगेका गृहमन्त्री थापाले चीनले हुम्लाको नम्खा गाउँपालिकाको लिमीमा नेपाली भूमि नमिचेको बताए ।

हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको परराष्ट्र मन्त्रालयले नै स्पष्ट गरिसकेको बताउँदै उनले संचार माध्यममा आएजस्तो चीनले नेपाली भूमि अतिक्रमण नगरेको प्रष्ट पारे ।

प्रतिक्रिया