बिहीबार, असार १९, २०८२

कर्मचारीमा कोरोना भेटिएपछि राष्ट्रिय वाणिज्य बैँक रामेछाप शाखा ५ दिनको लागि बन्द

नेपालखोज २०७७ असोज ११ गते १३:४४

काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि राष्ट्रिय वाणिज्य बैँक रामेछाप शाखा ५ दिनको लागि बन्द भएको छ । उक्त शाखाका प्रबन्धकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित प्रबन्धक केही दिन अघि काठमाडौं बाट रामेछाप गएका थिए । कोरोनाको केही लक्षण देखिएपछि शंका लागेर परिक्षण गर्दा उनीमा कोरोना पोजेटिभ देखिएको हो । उनी हाल रामेछाप नगरपालिकाको आईसोलेसनमा बसेका छन् भने बैँकका अन्य कर्मचारीहरु क्वारेन्टिनमा बसेका छन ।

कर्मचारीमा कारोना संक्रमण पुष्टि भएपछि बैँकले सुचना जारी गर्दै २०७७/०६/११ देखि ०७७/०६/१५ सम्म (५ दिन)को लागि उक्त शाखाबाट प्रदान हुँदै आएका सम्पूर्ण बैंकिंग सेवा बन्द गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया