शुक्रबार, चैत १६, २०८०

राष्ट्र बैंकले ३ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्दे

नेपालखोज २०७७ असोज ११ गते १४:४०

काठमाडौं । यही असोज १२ गते नेपाल राष्ट्र बैंकल ३ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बिक्री खुल्ला गर्ने भएको छ । सो दिन अपरान्ह ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यही असोज १३ गते अर्थात मंगलबार जारी मिति तोकिएको उक्त ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । राष्ट्र बैंकका अनुसार बिक्री गरिने उक्त ट्रेजरी मध्येमा ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको ३ अर्ब रुपैयाँ रहेको छ । ती मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ पुुस १४ गते तोकिएको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ चैत्र १७ गते तोकिएको छ ।

यसअघि यही असोज ५ गते पनि राष्ट्र २० अर्ब २३ करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो । सो मध्ये ९१ दिने अवधिको १४ अर्ब ३ करोड, एक सय ८२ दिने अवधिको ४ अर्ब ३० करोड र ३ सय ६४ दिने अवधिको २ अर्ब रुपैयाँ बराबरको रहेको थियो ।

प्रतिक्रिया