बिहीबार, वैशाख १३, २०८१

राष्ट्र बैंक : हालसम्म एक सय ५१ बैंक तथा फाईनान्सहरुको अनुुमती खारेज

नेपालखोज २०७७ असोज ११ गते १६:०३

काठमाडौं । नेपालमा हालसम्म एक सय ५१ वटा बैंक तथा फाईनान्स कम्पनीहरुको अनुुमती खारेज भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मर्जर तथा प्राप्ती सम्वन्धी व्यवस्था कार्यान्वयनमा आएपश्चात चालुु आर्थिक बर्षको साउन मसान्तसम्ममा तत्कालीन ग्राण्ड बैंक, किष्ट बैंक, एपेक्स डेभलपेन्ट बैंक, बुुटवल फाईनान्स, सिएमबी फाईनान्स, एल्पीक एभरेष्ट फाईनान्स, सिर्नर्जी फाईनान्स सहितका संस्थाहरु मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भएपश्चात ती संस्थाहरुको अनुुमती खारेज गरिएको हो ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ साउन मसान्तसम्म कुुल एक सय ९८ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल र यसबाट एक सय ५१ संस्थाहरुको इजाजत खारेज हुन गई ४७ संस्था कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी राष्ट्र बैंकले देशभर सात वटा प्रदेशका सात सय ५३ स्थानीय तह मध्ये यस चालुु आवको साउन मसान्तसम्ममा सात सय ४७ स्थानीय तहहरुमा बाँणिज्य बैंकहरुको शाखा बिस्तार भएको जानकारी दिएको छ । जसअनुसार अब शाखा पुग्न बाँकी स्थानीय तहहरुको संख्या ६ वटा मात्र रहेको छ ।

यस अवधिमा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या एक सय ५३ वटा रहेको छ । सो मध्ये वटा २७ वाणिज्य बैंक, २० विकास बैंक, २१ वित्त कम्पनी, ८४ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा नौ हजार सात सय ६५ रहेकोमा चालु आवको साउन मसान्तसम्ममा ९ हजार ८ सय १३ वटा पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया