आइतबार, असार २२, २०८२

जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ असोज ११ गते २१:१९

बझाङ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा मष्टा गाउँपालिका २ खिकाला बस्ने २० वर्षीय राजेन्द्र बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार बेलुका बोहराले गोरु पुर्र्याउन भनी आफ्नो घरबाट छाना (गोठ) मा गएकी ती बालिकालाई मष्टा गाउँपालिका २ स्थित शिवमाण्डौ मन्दिरभित्र बलात्कार गरी हत्या गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न बोहरालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

साथै राजेन्द्रले १३ वर्षीया बालिकालाई घट्टामा पिठो लिन गएको अबस्थामा गत साउन २९ गते साँझ जबरजस्ती करणी गरेको सम्बन्धमा समेत अनुसन्धान भइरहेको छ ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बझाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया