परिवारको सुख शान्तीका निम्ती आज सोमबार महादेवको पुजा आराधना गर्नुहोस् ।। आजको राशिफल ।।
आज सोमबारका दिन भगवान शिवजीको पुजा आराधना गर्नु उत्तम मानिन्छ । यस दिनमा शिवजीको पुजा–आराधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ । अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ ।
कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन् । यस दिन व्रत बस्दा एक–छाक मात्रा खानुपर्दछ भने खानामा नुन–तेल मिसाउन मनाही छ ।
तपाईको आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य अघी बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलतापनि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भय रहनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज विद्या र बुद्धिके विकास हुनेछ । मंगल कार्यको योगछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । रोजगारको अवसर मिलनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अचल सम्पत्ती हात पर्ने योगछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मंगल कार्यको योगछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा सफलता र रुची बढ्नेछ । उपहारको सम्भावनापनि छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बधी समस्या आउला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा बृद्धि होला । – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया