सोमबार, असार ४, २०८१

नेपाल बायुुसेवा निगम कर्मचारी संगठनद्धारा चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा

नेपालखोज २०७७ असोज १२ गते १३:३३

काठमाडौं । नेपाल बायुुसेवा निगम कर्मचारी संघले चरणवद्ध आन्दोलन कार्यक्रमको घोषणा गरेका छन् । संघले हालै विदेशी लगानीको हिमालयन एयरलाईन्सलाई असोज ४ गते मन्त्रीको ठाडै निर्देशनमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ दिएको र सो कार्य राष्ट्र र राष्ट्रिय हित विपरित रहेको भन्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघका अनुसार यो सेल्फ ग्राउण्ड ह्याण्डलिङ दिने निर्णय तत्काल रोकिएता पनि आधिकारिक रुपमै खारेज नभएको हुँदा सो निर्णय बारे विरोध स्वरुप ने.वा.नि कर्मचारी संघले आधिकारीक रुपमै आज सोमबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी चरणवद्ध आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्न लागेकोले निगम कर्मचारी संघले जनाएको छ ।

चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तरगत आज सोमबार पत्रकार सम्मेलन गर्ने, असोज १३ गते मंगलबार निगमका सम्पुर्ण कर्मचारीहरुले कालोपट्टी बाँधेर काम गर्ने, १४ गते बुुधबार सञ्चालक समिती, कार्यकारी अध्यक्ष र नायब महाप्रर्वन्धको कार्यकक्ष घेराउ तथा तालावन्दी गर्ने, असोज १५ गते बिभागीय प्रमुुखहरुको कार्यकक्ष घेराउ गर्ने, असोज १६ गते शुुक्रबार दिनको १२ बजे संघको केन्द्रिय कार्यालयमा आन्दोलनको समिक्षा गर्ने र असोज १८ गते देखि दोस्रो चरणका ठप्प पार्ने आन्दोलन गर्ने संघले जनाएको छ ।

प्रतिक्रिया