आइतबार, वैशाख १४, २०८२

भगवान श्रीकृष्णको बाल लिला

नेपालखोज २०७७ असोज १३ गते ६:२०

भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयोँ बाल लिला रचाएका थिए। कहिले कसैका घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए।

कहिले राधादी गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेका थिए।

कहिल्यै पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला ठूला वीर असुरहरूको बध गरेका थिए त कहिल्यै गोबर्धन पर्वत धारण जस्ता अनेक्यौँ बाल लिला देखाएका थिए। यहाँ भगवान श्रीकृष्णले गरेका केही बाल लिलाको छोटकरीमा वर्णन गरिदैँछ।

प्रतिक्रिया