काठमाडौंका यी स्थानमा आज बत्ति जाने
नेपालखोज
२०७७ असोज १३ गते ६:५०
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज साढे २ घण्टा विद्युत् बन्द गरिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत सिंहदरबारका २ फिडर मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म काठमाडौंका मुख्य स्थानमा बिजुली बन्द गरिने भएको हो ।
यसअन्तर्गत सिंहदरबारभित्र मन्त्रालय, सिहंदरबार दक्षिण गेट बाहिर न्युरो हस्पिटल, काठमाडौं जिल्ला अदालत, सडक विभाग, सिंहदरबार उत्तरतर्फ, लोकसेवा आयोग, महालेखा नियन्त्रण कार्यालय, सिंहदरबार वैद्यखाना र बानेश्वर वितरण केन्द्रतर्फका सबै स्थानमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया