मन्त्रिमण्डल पुर्नगठनका बिषयमा ओली दाहालको छलफल तीव्र, परिणाम शून्य

नेपालखोज २०७७ असोज १३ गते ७:१२

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबिच मन्त्रिमण्डल पुर्नगठनका बिषयमा छलफल तिब्र बनेको छ । अध्यक्षद्धय दिनहुँ मन्त्रिपरिषद् पुर्नगठनबारे छलफलमा छन् । तर, परिणाम निस्किइरहेको छैन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले आइतबार नै मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका थिए । तर, दहालले रोकिदिएपछि सोमबारको छलफलमा पनि निष्कर्षमा पुग्न नसकेको नेकपाका नेताहरूले जनाएका छन् ।

दहालनिकट स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री ओलीले नेताहरूको भूमिकालाई छायामा पार्न खाज्नुभएको छ । मन्त्रालय टुक्र्याउनेदेखि मन्त्री छान्ने काममा नेताहरूको राय सुझाव लिने र अन्तिम निर्णय आफैं गर्ने तयारीमा लागेपछि प्रचण्ड सशङ्कित बनेको स्रोतको भनाइ छ ।

स्रोतकाअनुसार राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय कार्यान्वयनसँगै उपाध्यक्ष वामदेव गौतमले मन्त्री बन्ने आकाङ्क्षा पालेका छन् ।
नेकपाका केही नेताले सचिवालय बैठकले मोडालिटीको टुङ्गो लगाउन नसक्नु कमजोरी भएको बताउँछन् ।

सचिवालय बैठकले मोडालिटी र मापदण्ड टुङ्गो लगाएर रोस्टर बनाएको भए मन्त्रिपरिषद् पुनर्गठन विधिमार्फत् र छिट्टै पनि हुने ती नेता बताउँछन् ।

प्रतिक्रिया