शुक्रबार, वैशाख ७, २०८१

सुनचाँदीको मूल्यमा बृद्धि

नेपालखोज २०७७ असोज १३ गते १२:३३

काठमाडौं । मंगलबार सुन तथा चाँदीको भाउमा वृद्धि भएको छ । यसदिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुनको भाउ स्थिर रहेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि मंगलबार उकालो लागेको छ । यसदिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १७५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदी प्रतितोला एक हजार १५० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया