शनिबार, वैशाख १५, २०८१

२२ अंकले बढ्दा दुई अर्ब ९२ करोडको सेयर किनबेच

नेपालखोज २०८० फागुन २७ गते १५:४८

काठमाडौं । नेप्से बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से २२ दशमलव १० अंकले बढेर दुई हजार ५२ दशमलव ६५ अंकमा पुगेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २६ अंकले बढेर तीन सय ६४ दशमलव ५३ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय चार वटा कम्पनीहरुको ५६ हजार सात सय २६ पटकको कारोबारमा ७० लाख ४३ हजार चार सय ५७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ रुपैंयाँ ९१ पैसाको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा जलबिद्युत समुहको सुुचक तीन दशमलव शुन्य नौं अंकले घटेर २५ सय ५७ दशमलव ४८ अंकमा झरेको छ भने बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव १५ अंकले बढेर एक हजार ९६ दशमलव ५० अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ४२ दशमलव ७५ अंकले बढेर तीन हजार नौं सय ७५ दशमलव ४२ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि २५ दशमलव ६० अंकले बढेर १८ सय ४५ दशमलव २५ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ८५ दशमलव ७६ अंकले बढेर १० हजार दुई सय ४३ दशमलव ९२ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४२ दशमलव ३२ अंकले बढेर १० हजार सात सय ३५ दशमलव ४८ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ५८ दशमलव २३, शुन्य दशमलव ९७, ६२ दशमलव ६७, एक सय ५१ दशमलव १४, शुन्य दशमलव १८, चार दशमलव ९२ र १८ दशमलव ४८ अंकले बढेका छन् ।

नेप्सेमा आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर आठ सय ६९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा चिर्खा हाईड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य सात दशमलव शुन्य छ प्रतिशतले घटेर छ सय ३२ रुपैैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी शिवम सिमेन्टको भने प्र्रतिकित्ता पाँच सय ३७ रुपैंयाँ अन्तिम मुल्यमा २२ करोड ९३ लाख २५ हजार छ सय ४३ रुपैैंयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार रकम मध्येमा सबै भन्दा बढी हो ।

प्रतिक्रिया