शनिबार, असार २, २०८१

काँग्रेसका केन्द्रीय सदस्य भण्डारीले जनभावना अनुसार काम गर्न सरकारलाई सुझाव

नेपालखोज २०७७ असोज १३ गते १४:१८

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले जनभावनाअनुसार काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

नेपाली काँग्रेस बन्दीपुर गाउँ समितिले आज मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले चुनावमा गरिएका प्रतिबद्धता बमोजिम काम गर्न सरकारलाई सुझाव दिएको हो । “देशमा आर्थिक समृद्धि हुन्छ, देश विकास हुन्छ भनेर जनताले कम्युनिष्ट पार्टीलाई पत्याएका हुन्, तर आज धेरै जनतामा निराशा मात्रै देखेको छु”, उनले भने, “सरकार जनभावना अनुसार चल्नुपर्छ ।”

नेता भण्डारीले अबको चुनावपछि काँग्रेस पुनः ठूलो पार्टी बन्ने दाबी गरे । काँग्रेस कार्यकर्तामा पनि निराशा छाएको आफूले महसुस गरेको भन्दै उनले निराश नहुन कार्यकर्ताहरुलाई आग्रह गरे । भण्डारीले पार्टी सङ्गठनलाई बलियो बनाएर लैजानुको विकल्प नरहेको उल्लेख गर्दै काँग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले त्यसतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुको विकल्प नभएको बताए ।

प्रतिक्रिया