मंगलबार, असार १७, २०८२

अब विद्युत् प्राधिकरणका ग्राहकलाई जरिबाना नलाग्ने

नेपालखोज २०७७ असोज १३ गते १९:१४

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत् प्राधिकरणका ग्राहकलाई जरिबाना नलाग्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मङ्गलबार मन्त्रालयमा बोलाएर तत्काल जरिबाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

कोरोना नियन्त्रणका लागि गरिएको लामो लकडाउनका कारण प्राधिकरणका अधिकांश गार्हस्थ्य र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन । कतिपय ग्राहकबाट त्यस अवधिमा मिटर रिडिङ नभएका कारण जरिबाना लगाइएको गुनासो आएपछि मन्त्री पुनले तत्काल प्राधिकरणको उच्च नेतृत्वलाई बोलाएर जरिबाना नलगाउन निर्देशन दिएका छन् ।

मन्त्री पुनले यसअघि जरिबाना लिइएको भए त्यो रकम ग्राहकले आउने महिना बुझाउने शुल्कमा मिलान गर्न पनि निर्देशन दिए । मन्त्री पुनले यो अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसेकेको अवस्थामा ग्राहक आफैलाई मिटरको नम्बर टिपाएर शुल्क लिन पनि आग्रह गरे ।

प्रतिक्रिया