शनिबार, वैशाख ८, २०८१

कांग्रेसका केसी नुवाकोट–२ बाट निर्वाचित

नेपालखोज २०७९ मंसिर १० गते ७:४५

नुवाकोट । प्रतिनिधिसभा सदस्यतर्फ नुवाकोटको निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेद्वार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । 

सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उमेदवार कांग्रेसका केसीले २८ हजार १०७ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ र नेकपा (एमाले)का उम्मेद्वार नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत ल्याए । यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेद्वार खतिवडासँग दश हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार ५६४ मतान्तरले निर्वाचित भएका हुन् । 

मंसिर ४ मा भएको निर्वाचनमा खसेको कूल ७७ हजार चार मतको आज बिहान सम्पन्न गणनाको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार झनक प्याकुरेलले एक हजार पाँच सय ७१ मत ल्याएका छन् । चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित ११ मध्ये अन्य उमेदवारको मत एक हजारभन्दा कम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । रासस

प्रतिक्रिया