बुधबार, असार १८, २०८२

धरानमा उपचाररत सप्तरीका कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७७ असोज १४ गते ९:२३

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–४ का ३९ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।

कोरोना संक्रमणको शंका लागेपछि ती पुरुषलाई विराटनगरको गोल्डेन अस्पतालबाट बिपी प्रतिष्‍ठानमा रिफर गरिएको थियो । उनमा ज्वरो, खोकी र श्‍वासप्रश्‍वासको समस्या थियो ।

असोज ९ गते प्रतिष्ठानमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो ।

प्रतिष्ठानका प्रवक्ता डा। सापकोटाले दिएको जानकारी अनुसार ती पुरुषमा उच्च रक्तचाप र १० वर्षदेखि मधुमेहको समस्या थियो । उनी मिर्गौला रोगबाट पनि पीडित भएको र डाइलायसिस पनि गराउँद आएका थिए ।

प्रतिक्रिया