शुक्रबार, वैशाख १४, २०८१

६ महिनाभित्र रिठेपानीडाँडा कटान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

नेपालखोज २०७७ फागुन १३ गते १६:१५

काठमाडौं । संसदीय समितिले पोखरा विमानस्थल नजिकको रिठेपानीडाँडा ६ महिनाभित्र कटान गर्न निर्देशन दिएको छ ।

संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबार बसेको बैठकले सरकारलाई सो निर्देशन दिएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरुको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेपछि विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानीडाँडा कटान गर्ने कार्य आगामी ६ महिनाभित्र सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएकी छन् ।

बैठकले विमानस्थलभित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ ।

प्रतिक्रिया