बुधबार, वैशाख २६, २०८१

मैथिली भाषालाई विश्वव्यापी बनाउन ‘मैथिली टयुटर एप’ को विकास

नेपालखोज २०७७ असोज १४ गते १५:१०

जनकपुर । कोरोना भाइरसका कारण बन्दाबन्दी भएको अवधिमा अभियन्ता अभिनव झाले मैथिली भाषालाई विश्वव्यापी बनाउने ‘एप’ को विकास गरेका छन् ।

अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका बासिन्दा हुन् । अस्ट्रेलियाको लाँ ट्रो विश्वविद्यालयबाट दूरसञ्चार र नेटवर्क इञ्जिनीयरिङमा एमई गरी भारतको एउटा कम्पनीमा कार्यरत पनि थिए । तर यो लकडाउनको अवधिमा घरबाटै कार्य सम्पादनका क्रममा सो एपको विकास गरेका हुन् ।

मैथिली टयुटर नामक एपबाट मैथिली भाषा सजिलै सिक्नसक्ने विशेषता रहेको छ भने यसबाट मैथिली भाषीलगायत अन्य भाषीलेसमेत मैथिली भाषा सिक्न सकिनेछ । अभियन्ता झा भन्छन्, “आफू अअस्ट्रेलियामा अध्ययन गरे पनि मैथिली भाषाप्रतिको अघाध आस्था र पारिवारिक सदस्य एवं समाजको सहयोगले उक्त एप विकास गर्नका लागि उत्प्रेरित गरेको हो ।” ‘एप’ मा मैथिली भाषाको ऐतिहासिकताबाट प्रारम्भ गरी पाँच अध्यायमा भाषा बोल्ने र सिक्ने सीप र अभ्यासको विकास गरिएको छ ।अभियन्ताका आमा आरती झा अभिनव मैथिलीे भाषाको एप विकासले विश्वभरि पुर्‍याउनमा सफलता पाएकामा आफू गौरव महसुस गरिरहेको बताउछिन् ।

अडियो, भिडियो, ग्राफिक्स र एनीमेशनको सहयोगले यस एपलाई गुगल प्लेस्टोरबाट डाउनलोडगरी मैथिली भाषा सजिलै सिक्नसक्ने बताइएको छ । उनले यस एपलाई १५ दिनमा विकास गरेका हुन् ।

 

 

 

 

प्रतिक्रिया