सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने कांग्रेसको तयारी

नेपालखोज २०७७ असोज १४ गते १७:५२

काठमाडौं । नेपाली कांग्रेसले सरकार विरुद्ध देशव्यापी रूपमा आन्दोलन गर्ने तयारी गरेको छ । आज सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकले देशव्यापी रूपमा आन्दोलन गर्ने तयारी गरेको हो ।

असोज १९ गते बस्ने केन्द्रीय पदाधिकारीको समितिको बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको बैठकमा सहभागी सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसले संसद्को विशेष अधिवेशन बोलाउन समेत माग गर्ने विषयमा छलफल गरेको उनले बताए ।

सरकार भ्रष्टाचारमा रुमलिएको, कोरोना नियन्त्रणमा असफल भएको, १७ दिनयता अनसनरत डा. गोविन्द केसीका मागका विषयमा पनि कुनै चासो नदिएको भन्दै कांग्रेसले देशव्यापी रूपमा आन्दोलन गर्ने तयारी गरेको नेता महतले जानकारी दिए ।

प्रतिक्रिया