नेपालमा मनसुन बाहिरिने क्रममा
नेपालखोज
२०७७ असोज १५ गते ७:५१
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन बाहिरिने क्रममा रहेको जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन लगभग हटिसकेको अनुमान गरिएको छ।
महाशाखाकाअनुसार मनसुनी प्रणाली नेपालको पश्चिमबाट क्रमशः हट्दै पूर्वबाट बाहिरिन्छ। पश्चिमतर्फ मनसुनको प्रभाव हट्दै गएको भएपनि नेपालबाटै बाहिरिन भने अझै केही दिन लाग्ने देखिएको महाशाखाले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया