एक करोड ६५ लाख जरिवाना ठहर भएका बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७७ असोज १५ गते १३:३१

काठमाडौं । एक करोड ६५ लाख जरिवाना ठहर भएका बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरका अनुसार बैंकिङ कसुरका फरार प्रतिवादी हेमकाजी महर्जन डंगोललाई आज बिहिबार ललितपुर जिल्लाको गोदावरी नगरपालिका ठेचोबाट पक्राउ गरिएको हो ।

परिसरका अनुुसार डंगोल बिरुद्ध २०७१ मंसिर २१ गते बैकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट तीन वर्ष कैद र एक करोड ६५ लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । सो पश्चात फरार रहेका ६० बर्षिय डंगोललाई लुकिछीपी बसेको अवस्थामा आज बिहिबार ललितपुरको ठेचोबाट पक्राउ गरिएको हो, महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल मर्हजनले बताए । प्रवक्ता महर्जनका अनुसार पक्राउ परेका डंगलोललाई कैद तथा जरिवाना अशुली तर्फ आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाईएको छ ।

प्रतिक्रिया