मुख्यसचिवमा बैरागी नियुक्त

नेपालखोज २०७७ असोज १५ गते १४:१३

काठमाडौं । मुख्यसचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

लोकदर्शन रेग्मीले पदबाट राजिनामा दिएपछि वैरागीलाई नियुक्त गरिएको जनाएको छ । वैरागी २०७२ असोज २२ मा सचिव नियुक्तभएका थिए । वैरागीको कार्यकाल २०८० असोज २२ गतेसम्मका लागि नियुक्त भएका हुन् ।

सरकारका ७० सचिव (विशिष्ट श्रेणी) मध्ये वरिष्ठ तीन सचिवमा परराष्ट्रका शंकरदास वैरागी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा र संस्कृति र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी रहेका छन् ।

प्रतिक्रिया