ई–सेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा बिग मार्टमा २५% सम्म छूटको व्यवस्था
काठमाडौं । बिग मार्टमा सपिङ गर्दा ई–सेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छूट पाइने योजना पुन: सूचारू भएको इसेवा फोनपे प्रालिले बताएको छ। निशेधाज्ञाका कारण स्थगित भएको उक्त योजना पुन:सूचारु भएको छ । उक्त योजना असोज महीनाभर जारी रहने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त योजना बिगमार्टका ५० वटा स्टोर्समा लागू हुनेछ । योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरीद गर्दा ई–सेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छूट पाइने छ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छूट पाइने छ । यस्तो छूट अधिकतम रू ३ सय सम्म पाइने जनाएको छ ।
कोरोना महामारीका बेला डिजिटल भुक्तानीलाई प्रोत्साहन गरेर ई–सेवा मार्फत बिगमार्टले खरिदबिक्री पनि डिजिटल भुक्तानीबाट शुरू गरेका हुन ।
ई–सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।
प्रतिक्रिया