कोरोनाबाट नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु

नेपालखोज २०७७ असोज १५ गते १६:४७

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमित एक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो।

कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. रविन खड्काअनुसार डा. सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

डा. सापकोटालाई थप उपचारको लागि आज काठमाडौं ल्याउने तयारी भएपनि उनको अस्पतालमै ज्यान गएको हो।
५८ वर्षीय डा. सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।

प्रतिक्रिया