बुधबार, वैशाख १२, २०८१

बजाजले नेपालमा ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस

नेपालखोज २०७७ असोज १५ गते १७:५६

काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बिहिबार नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।

नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा आएको छ र शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको हो । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप सृजना हुन्छ र यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु पनि छन् । यो १६० सीसी डीटीएस—आई इन्जिनद्वारा संचालित छ जसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५—स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ ।

सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेकको रहेको छ । ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएससंगै छन् । चालकको आरामको लागि यो लामो स्लंग, लामो सिट र अद्वितीय विस्तारीत फुटरेस्ट स्थानमा रहेको छ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मुल्य रु ३,१९,९०० मा असोज १५ गतेदेखि देशभर उपलब्ध हुनेछ ।

प्रतिक्रिया