नेपालमा मनसुन बाहिरिन अझै केही दिन लाग्ने

नेपालखोज २०७७ असोज १६ गते ८:२६

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य ठाउँको मौसम पनि आंशिकदेखि सामान्य बद्ली हुनेछ । यस्तै हिजो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको मनसुन नेपालबाट बाहिरिने भने पनि मनसुन बाहिरिन अझै केही दिन लाग्ने भएको छ । नेपालका थोरै स्थानमा केही दिन हल्का वर्षाको सम्भावना रहेकाले मनसुन पुरै हट्न समय लाग्ने भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया