बिहीबार, चैत १५, २०८०

भायानेटले ल्यायो “भायानेट बडा दशैंमा बडा टिभी” अफर

नेपालखोज २०७७ असोज १६ गते १२:०१

काठमाडौं । विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफर “भायानेट बडा दशैंमा बडा टिभी” आफ्ना ग्राहकहरुका लागि ल्याएको छ । कम्पनीका अनुसार नेपालीहरुको महान् चाड दशैं र तिहारको उपलक्ष्यमा “भायानेट बडा दशैंमा बडा टिभी” नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत, भायानेटका ग्राहकहरुले ४३ इन्चको स्काई वर्थ एलईडी टिभीको साथ ३० एमबिबिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवामात्र रु. ४१,९९० प्राप्त गर्ने छन् भने ३२ इन्चको स्काई वर्थ एलईडी को साथ ३० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवामात्र रु. २८,९९० प्राप्त गर्ने छन् । यति मात्र होइन, यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको रु. ६५० सम्मको क्यास भाउचर प्रदान गर्दैछ भने पुराना ग्राहकहरुले थप रु. ६०० सम्मको छुट पनि प्राप्त गर्ने छन् । भायानेटको दावी छ कि ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५ प्रतिसत भन्दा बढीको छुट पाउने छन् र भाया टिभीको सेवाका साथअब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने एलईडी टिभीको फिचरको मजा लिन सकिनेछ ।

भायानेट आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि मात्र होइन ग्राहकहरुलाई केही विशेष प्रदान गर्नको लागि सधंै लागिपरेको हुन्छ । यस अफरका साथ भायानेटले यो चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुशी बाँड्न र रोमाञ्च प्रदान गर्न खोजेको छ ।

प्रतिक्रिया