शनिबार, पुष ५, २०८२

प्रहरी हुँ भन्दै पैसा असुल्न खोजेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ असोज १६ गते १४:१३

काठमाडौं । प्रहरी कर्मचारी हुँ भन्दै धाकधम्की दिई काठमाडौं महानगरपालिका १ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा भक्तपुर नयाँठिमी बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका ३ दामनाङटार घर भएका ३२ वर्षीय कुल बहादुर बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बस्नेत सहित ४ जनाले प्रहरी हुँ भन्दै उक्त प्रालिमा गिट्टी बालुवा झारेको पैसा माग्दै धाकधम्की दिई हुलहुज्जत समेत गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया