काठमाडौं उपत्यकामा आजसम्मकै बढी १६३८ जनामा कोरोना संक्रमण
नेपालखोज
२०७७ असोज १६ गते १६:३५
काठमाडौं । काठमाडौं उपत्यकामा आज सबैभन्दा बढी १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंका १ हजार २ सय ८०, ललितपुरका १६२ तथा भक्तपुरका १९६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै बढी २ हजार ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।
सम्बन्धित

प्रतिक्रिया