हुम्लाका पसल एवं होटल अनिश्चितकालका लागि बन्द

नेपालखोज २०७७ असोज १६ गते २०:३०

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित पसल एवं होटल अनिश्चितकालका लागि पूर्णरुपमा बन्द गरिएको छ ।

हुम्ला उद्योग वाणिज्य सङ्घको बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना संक्रमणको जोखिम बढेकाले बजारमा सञ्चालित पसल, होटल तथा अन्य व्यवसाय आजदेखि बन्द गराउने निर्णय गरेको थियो ।

जिल्लामा तीन नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिमकोट बजार क्षेत्र बन्द गरिएको हो ।

प्रतिक्रिया